बङ्गलादेशको राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टबाट शनिबार बिहानीपख आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ ।
उनीहरुलाई आतङ्ककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना बिदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।
राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा जिहादीहरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।
बङ्गलादेशी सेनाका एकजना जर्नेल सहाबुद्दिनले भनेका छन्– कब्जमा लिइएका २० विदेशी नागरिकलाई उनीहरुले हत्या गरेका छन् । क्षतिको पूरै विवरण आइसकेको छैन र हामी प्रयासरत छौँ ।
यस अघि ती विदेशीलाई छुटाउने क्रममा ढाका प्रहरी र सेनाको संयुक्त कारबाहीका क्रममा पाँचजना बन्दुकधारी पनि मारिएको जनाइएको थियो ।
प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।
मारिनेमा इटाली र जापानका नागरिक धेरै परेको आशङ्का गरिएको छ । ती सैनिक जर्नेलले अझैपनि क्षतिको पूर्ण विवारण आउन नसकेको जानकारी दिएका छन् । रासस/एएफपी