newskoseli.Com

सरसफाइ अभियानमा विद्यार्थी

थर्ड आई युथ क्लब बुद्धनगरको सरसफाइ अभियान अन्तर्गत यहाँको ढुङ्गेधारादेखि गणेश स्थानसम्म सरसफाइ गरिएको छ ।

युथ क्लबका सदस्य, स्थानीयवासी तथा काब्य स्कुल बानेश्वरका विद्यार्थीले क्लबको ५५ औं हप्ताको सरसफाइ अभियानमा साथ दिएका छन् ।

यस अभियानको नेतृत्व गर्दै आउनुभएका नेपाली काँग्रेसका सांसद मोहन राईले सरसफाइ अभियानबाट यस क्षेत्रका वासिन्दालाई वातावरणमैत्री र स्वच्छ तथा स्वस्थ राख्न मद्दत गरेको बताए ।

युथ क्लबका अध्यक्ष सुवास राईले अभियानबाट नागरिको सामाजिक उत्तरदायित्व पूरा हुने र स्थानीयवासी तथा युवामा सामाजिक कार्यमा लाग्न प्रेरणा प्राप्त हुने बताए ।

काब्य स्कुलका विद्यार्थीले सरसफाइ कार्यक्रममा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रममा फेरि पनि सहभागी भई आफू वरपरको वातावरण स्वच्छ राख्न सहयोग पु¥याउने प्रतिबद्धता जनाए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर