जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेकाछन् ।
‘सिजन फ्लु’का कारण हुने भाइरल ज्वरोबाट मानिस प्रभावित हुने गरेको दमौली अस्पतालका प्रमुख डा. पवनजङ्ग रायमाझीले जानकारी दिए।
उक्त अस्पतालमा दैनिक १ सय ५० देखि २०० सम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको डा. रायमाझीले बताए।
सरकारी अस्पतालमा मात्रै नभई प्राइभेट क्लिनिकमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको दमौली अनशन चौतारीस्थित शीतल आयुर्वेद फर्मका सञ्चालक दीपकचन्द्र भट्टराईले बताए ।