विगत १ वर्षदेखि मिर्गाैलाको रोगबाट पीडित खत्रीले उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गर्न आग्रह गरेको हो । उनको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले इन्द्रा खत्री उपचार अभियान सञ्चालन गरेको छ । सोमबार १ कार्यक्रमको आयोजना गरी संस्थाको १९औँ अभियानका रुपमा इन्द्रा खत्री उपचार अभियानको घोषणा गरिएको हो ।
कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि म्याग्देलीले अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले इन्द्राको उपचारका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको बताए। उनले इन्द्राको उपचारका लागि आवश्यक रकम सहयोग गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा पीडित खत्रीले आफ्नो अवस्था नाजुक स्थितिमा पुगेको र भदौ १२ गतेपछि अस्पतालमै भर्ना भएर बस्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले आफ्नो जीवन रक्षा गर्न आग्रह गरेको छ ।
खत्रीको उपचारका लागि कोषका सदस्य सन्दीप खत्रीको संयोजकत्वमा अस्टे«लियाबाट हरि कार्की, हरि गिरी र बेनीबाट यामबहादुर केसी सदस्य रहेको समितिसमेत गठन गरिएको छ ।