newskoseli.Com

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने

अल इन्डिया मेडिकल साइन्स अफ कलेज दिल्लीका निर्देशक प्रा. डा. महेशचन्द्र मिश्रले प्रजातन्त्र र समाजवादका व्याख्याता बिपी कोइरालाको सम्मानमा स्थापित बिपी कोइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै चर्चित मेडिकल कलेज बन्न सफल भएकामा खुसी व्यक्त गरेका छन् ।

बिपी कोइरालाको १०३ अाैँ जन्मजयन्ती तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २३ औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले बिपीले नेपालमा मात्र नभएर भारतमा समेत राजनीतिक परिवर्तन र स्वतन्त्रताका लागि ज्यादै महत्वपूर्ण योगदान पुर्‍याउनुभएका कारणले प्रतिष्ठानमा नेपाल र भारतको ठूलो लगानी रहेको स्पष्ट पारे ।

उनले बिपीले जसरी नेपाली जनतालाई स्वस्थ बनाउने विषयमा चिन्तन गर्नुहुन्थ्यो आज सोही उद्देश्य पूरा गराउन यसको निर्माण भएकाले यसलाई बिपीको सपनासँग गाँसेर हेर्न पनि सबैलाई आग्रह गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. बलभद्रप्रसाद दासले स्थापनाका छोटो अवधिमा नै प्रतिष्ठानले मुटुको ‘ओपन हार्ट सर्जरी’लगायत महत्वपूर्ण उपचार प्रविधिमा सफलता हासिल गरिसके पनि अझै धेरैै काम गर्न बाँकी रहेको बताएका छन्।

उनका अनुसार निकट भविष्यमै प्रतिष्ठान परिसरमा चार सय शै्याको बाल तथा मातृत्व अस्पताल भवनसँगै २ सय शैय्याको अर्बुदरोग अस्पताल र अर्को २ सय शैय्याको न्युरो सर्जरी कार्डियोलोजी सेवाको विस्तारको योजना अघि बढाइसकिएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर