newskoseli.Com

नियमित आलु खाने गर्नुहुन्छ ? सचेत रहनुहोस् !

तपाईं आलु कत्तिको खानुहुन्छ ? निश्चय नै आलुविना आम मानिसको किचन अपूर्ण हुन्छ । तरकारीबाहेक पनि आलु विभिन्न परिकारको रुपमा खाइन्छ । तर एउटा नयाँ अध्ययनलाई विश्वास गर्ने हो भने आलु धेरै खाँदा उच्च रक्तचापलगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या हुने गर्छ ।

अध्ययनका क्रममा सातामा चारपटक आलु खाँदा उच्च रक्तचापको खतरा बढ्ने देखिएको थियो । उसिनेको वा पकाएको आलुबाट पनि खतरा रहेको अध्ययनकर्ताहरुले बताएका छन् । सामान्यतया चिप्स खाँदा रक्तचाप बढे पनि आलुका अन्य परिकार पनि उत्तिकै खतरनाक भएको अध्ययनमा उल्लेख छ । आलुलाई धेरैबेर फ्राइ गर्दा धेरै फ्याट हुने भएकाले स्वास्थ्यसम्बन्धी अन्य समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् ।

हार्भार्ड मेडिकल स्कुलका अनुसन्धानकर्ताका अनुसार आलुलाई जुनसुकै प्रकारले पनि खाँदा रक्तचापको समस्या हुने गर्छ । आलुमा पाईने कार्बोहाइड्रेट उच्च रक्तचापको प्रमुख कारक भएको उनीहरुको बुझाई छ । आलुमा उच्च मात्रामा ग्लाईसेमिक सूचांक हुने भएकाले कार्बोहाइड्रेटयुक्त तत्व शरीरमा छिटो–छिटो सुगरमा रुपान्तरण हुने र बिस्तारै ब्लडसुगर तहमा वृद्धि हुने उनीहरुले बताएका छन् ।

परिणामस्वरुप ब्लड सुगरको मात्रा बढ्ने उनीहरुको भनाईं छ । २० वर्ष लगाएर गरिएको अध्ययनमा पुरुष र महिला गरी १ लाख ८७ हजार सहभागी गराइएको थियो । नियमित रुपमा आलु खाने महिला र पुरुषमध्ये महिलालाई अझै बढी उच्च रक्तचापको खतरा भएको अध्ययनमा जनाइएको छ । समग्रमा सातामा चार वा सोभन्दा बढीपटक पकाएको, उसिनेको वा फ्राइ गरेको आलु खानेलाई महिनामा एकपटक भन्दा न्यून खाने मानिसलाई भन्दा ११ प्रतिशत उच्च रक्त चापको खतरा बढी भएको बताइन्छ ।

त्यस्तै सातामा चारपटक भन्दा बढी चिप्स खानेलाई उच्च रक्तचापको खतरा १७ प्रतिशत रहेको अध्ययनमा देखिएको छ । आलु खाँदा स्वास्थ्यसम्बन्धी धेरै जटिलता ल्याउने निष्कर्ष पनि अध्ययन समूहको छ । गत जनवरीमा गरिएको एक अध्ययनमा आलु खाँदा गर्भावस्थामा डायबिटिजको उच्च खतरा भएको बताइएको थियो । सातामा दुईदेखि चारपटक आलु खाने गर्भवती महिलालाई डायबिटिजको खतरा २७ प्रतिशत रहेको अध्ययनमा जनाइएको थियो । बिभिन्न अनलाइनहरूबाट साभार

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर