newskoseli.Com

खाना पकाउदा मुस्कानकाे महत्व

भनिन्छ जस्ताे खानेकुरा खायाे त्यस्तै किसिमकाे साेच र मानसिकता मानिसकाे दिमागमा उत्पन्न हुन्छ । परिश्रम गरेर कमाएकाे अन्न खाएमा परिश्रम गर्न मन लाग्ने र भ्रष्टाचार गरेर कमाएकाे अन्नले भ्रष्टाचार नै गर्न मन लाग्ने हुन्छ । त्यसैले खाना पकाउने र ख्वाउने मान्छेले कुन साेच र कलाबाट बनाएकाे छ त्यसकाे असर खाने मान्छेलार्इ पनि पर्छ ।खाना पकाउनु उउटा महत्वपूर्ण कला हो । खाना पकाउने व्यक्तिले ध्यान दिनु पर्ने केही टिप्स् यहाँ प्रस्तुत गरिएकाे छ ।
–खाना पकाउने व्यक्तिले खुसी भएर पकाएको खानामा प्रेम र सद्भाव मिसिएको हुन्छ ।
–खाना पकाउने बेला रिस वा तनाव छ भने त्यसको नकारात्मक प्रभाव खानामा पर्छ जसले स्वास्थ्यमा समेत असर पर्नसक्ने सम्भावना हुन्छ ।
–खुसीसाथ पकाइएको खानामा सकारात्मक तरङ्ग मिसिएको हुन्छ जसबाट खाना स्वादिष्ट हुनुका साथै स्वास्थ्यका हिसाबले पनि प्रभावकारी ठहरिन्छ ।
–खाना पकाउँदा आफूमा भएको कला जतिसक्दो प्रयोग गर्नुपर्छ जसले कुनै पनि परिकारलाई उत्कृष्ट बनाउन मद्दत गर्छ ।
–खाना पकाउनु अघि मुस्कान र सकारात्मक साेचकासाथ तयारि गर्नुपर्छ ।
–तरकारी काट्दा वा दाल चामल केलाउदा मुस्कान सहित शुरू गरेमा परिवारका सबै सदस्यहरूसँगकाे पारिवारिक प्रेम गाढा र स्थार्इ हुन्छ ।
– त्यस्तै खाना पस्किदा र खाँदा पनि सकारात्मक साेच र हल्का मुश्कानसहित पस्किने र खाने गर्नु पर्छ । यसाे गर्दा हाम्राे दिमागमा सधैं   सकारात्मक साेचकाे विकास हुन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर