newskoseli.Com

आँखा उपचारको अत्याधुनिक सेवा सुरु

यहाँको आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको जनाएको छ । राप्ती आँखा अस्पताल दाङले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए।

अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँचका, आँखाको प्रेसर जाँच गर्नेका लागि ननकन्टेक टोनोमिटर मेसिन खरिद गरी सेवा सञ्चालन गरेको जनाएको छ । रु दुई करोड ५७ लाख लागतमा ती मेसिन औजार खरिद गरेको अस्पतालले जनाएको छ ।

दाङका राप्ती, लमही र बहादुरगन्ज अस्पतालमा एकै साथ आजदेखि सो सेवा गरेको वरिष्ठ नेत्रसहायक शालिकराम गौतमले बताए । यही मेसिन औजार पहिले नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको उनले बताए । “अब आँखाको सबै सेवा यहीँबाट सेवाग्राहीले पाउनेछन् पहिले रिफर गर्नुपर्ने समस्या थियो”, उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर