स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन ।
कैलालीमा (शनिबार) र (आइतबार) जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले यो कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले बताउनुभयो ।
छिमेकी देश भारतमा पोलियो उन्मूलन भइनसकेको अवस्थामा यो रोगको सङ्क्रमण नेपालको तराईको जिल्लामा फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कैलाली सहित मुलुकका १५ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । कार्यक्रमअन्तर्गत कैलालीमा पाँच वर्ष मुनिका १ लाख १६ हजार ८ सय ४६ बालबालिकालाई जेई तथा खोप कार्यक्रममा समावेश गर्ने लक्ष्य राखेको थियो । सो अभियानका लागि स्थापना गरिएका ५ सय ८० खोप केन्द्रमा १ हजार १ सय ६० स्वयम्सेवक खटाइने भने
पनि स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियानमा असर पर्नसक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि पोलियो खोप कार्यक्रम स्थागित गरिएको वरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक टङ्कप्रसाद चापागाईंले जानकारी दिए । अभियानअन्तर्गत शनिबार खोप केन्द्रबाट बालबालिकालाई खोप खुवाइने र अाइतबार २२ छुटेका बालबालिकालाई घरदैलोमै पुगेर खोप खुवाइने कार्यक्रम तय गरिएको छ।