नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वी चन्द्र अस्पतालको श्यया क्षमता २५ बाट बढाएर ५१ श्यया बनाउने कामको थालनी गरिएको छ ।
हाल २५ श्ययामा सञ्चालन भइरहेको जिल्ला अस्पताललाई स्तरोन्नती गरी ५१ श्ययाको बनाउनका लागि सरकारीस्तरबाट आवश्यक काम तीव्र गतिमा अगाडि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मी क्षेत्रीले बताए ।
स्तरोन्नती गरी व्यवस्थापनका लागि भौतिक पूर्वाधार पनि पर्याप्त देखिएकाले अब सरकारले सो जिल्ला अस्पताललाई ५१ श्ययाको औपचारिक मान्यता दिने मन्त्रालयबाट आएको सर्वे टोलीले जनाएको छ ।
सो क्रममा सरोकारवालाले सामान्य अवस्थाका बिरामीलाई पनि बुटवल वा भरतपुर लैजानुपर्ने अहिलेको समस्या रहेको भन्दै महिला, बालबालिका, हाडजोर्नीलगायतका विशेषज्ञ डाक्टरको व्यवस्था गरिदिन माग राखेका छन् । रासस