newskoseli.Com

पोषण सप्ताह सुरु

विद्यालय स्वास्थ्य पोषण सप्ताह आइतबारदेखि सप्तरीको १३ वटा गाविसमा सुरु भएको छ ।

सेभ द चिल्डेनको सहयोग र जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय सप्तरीको पहलमा आइतबारदेखि सप्तरीका १३ वटा गाविसमा विद्यालय स्वास्थ्य पोषण सप्ताह सुरु भएको जनाइएको छ ।

पोषण सप्ताहको पहिलो दिन सन्तुलित आहार, बालपोषण र साबुनपानीबाट हात धुनेबारे जानकारी गराइएको सेभ द सप्तरी कार्यक्रम अधिकृत रामकुमार साहले बताए।

सामुदायिक विद्यालयमा पोषण अभावका कारण बालबालिका निकै दुब्लो र पातलो रहेकाले जिल्लाको १३ वटा गाविसमा रहेका करिब ४५ वटा विद्यालयका बालबालिकालाई पोषण तथा सन्तुलित आहारबारे जानकारी दिइने छ ।

जिल्लाको इटहरी विष्णुपर, लोनिया, कोचाबखारी, सकरपुरा, रम्पुरा मल्हानिया, कोमधेपुरा, कोइलाडी, देउरी भरुवा, जमुनी मधेपुरा, बोरीया, बरहीबिरपुर, छिन्नमसता र राजविराज नगरपालिका १० र ८ का समुदायिक विद्यालयमा सप्ताह ब्यापी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको अधिकृत साहले जानकारी दिए ।

विद्यालय स्वास्थ्य पोषण सप्ताहअन्तर्गत व्यक्तिगत सरसफाइ विद्यालयको सरसफाइ, जुकासम्बन्धी जानकारी रेली तथा प्रदर्शनलगायतको कार्यक्रम रहेको बताइएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर