घेराबारी स्वास्थ्य चौकी निर्माणका लागि तीनजना दाताले रु ४२ लाख मूल्य पर्ने सात कट्टा जग्गा स्वास्थ्य चौकीलाई निःशुल्क प्रदान गरेका छन् ।
घेराबारी–७ निवासी राजेशकुमार सिंह राजवंशी, शेषलाल राजवंशी र तीलेश्वर राजवंशीले संयुक्तरुपमा जग्गा प्रदान गरेका हुन् । स्वास्थ्य चौकीलाई प्रदान गरिएको जग्गाको मूल्य प्रतिकट्टा रु छ लाख पर्ने बताइएको छ ।
स्वास्थ्य चौकीलाई प्रदान गरिएको जग्गा आज रजिस्ट्रेसन पास गर्ने स्वास्थ्य चौकीका अहेव अमृत पाठकले जानकारी दिए ।