newskoseli.Com

गाउँघर क्लिनिकको भवन निर्माण

बैतडीको शङ्करपुर–९ धुलिधारमा शङ्करपुर गाविसको सहयोगमा स्थानीयवासीले गाउँघर क्लिनिकको भवन निर्माण गरेका छन् ।

स्वास्थ्य संस्थामा जानका लागि टाढा भएकाले स्वास्थ्यले प्रदान गर्ने सेवा गाउँघरमै उपलब्ध गराउन सजिलो होस् भन्ने उद्देश्यले गाउँघर क्लिनिकको निर्माण गरिएको शङ्करपुर स्वास्थ्यचौकीका इन्चार्ज मानबहादुर मडैले बताए ।

उनले भने, “गाविसको रु ५० हजार र स्थानीयवासीको जनश्रमदानमा भवन निर्माण कार्य सम्पन्न गरिएको हो ।” गाउँघर क्लिनिकमा परिवार नियोजन सेवा, बालस्वास्थ्य सेवा र सुरक्षित मातृत्व सेवा प्रदान गरिने इन्चार्ज मडैले बताए ।

महिनाको एक दिन गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी पुगेर सेवा प्रदान गर्नेछन् भने अरू बेला महिला स्वास्थ्य स्वयम्सेविकामार्फत पनि सेवा प्रदान गरिने उनले बताए ।

शङ्करपुरमा वडा नं ४ बरायलगडा र वडा नं ८ मोतिनगरमा गतसालदेखि नै गाउँघर क्लिनिक सञ्चालनमा आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर