newskoseli.Com

मिर्गाैला रोगीलाई १ लाख २३ हजार सहयोग

मिर्गाैला रोगी मोरङको राजघाट—७ की सुकमाया लिम्बूको उपचारका लागि सङ्कलित रकम बिहीबार बेलुका हस्तान्तरण गरिएको छ ।

पथरीमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङको अगुवाइमा प्रतीक सुब्बा, दीपराज राई, विष्णु धिमाल, जयबहादुर तामाङ र पुष्प तामाङ, सञ्चारकर्मी तेजन खड्का लगायतको टोलीले उपचारका लागि सङ्कलन भएको १ लाख २३ हजार रुपैयाँ सुकमायाकी आमालाई सो रकम हस्तान्तरण गरिएको हो ।

मिर्गौला पीडित आर्थिक अवस्था नाजुक भएकाले उपचार गर्न छटपटाइरहेका कारण सो परिवारले आर्थिक सहयोग गर्न पथरी र शनिश्चरेवासीसँग आग्रह गरेको थियो । २४ वर्षीया सुकमायाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर