महानगरपालिकाको २७औँ नगर परिषद्को निर्णयअनुसार गत फागुन १ देखि निजीस्तरबाट उक्त स्थानमा फोहोर लैजाने सबै गाडीबाट शुल्क लिन थालेको वातावरण प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिए।
प्रमुख गौतमका अनुसार कामपाको मात्रै दैनिक २० वटा ठूला गाडी उक्त स्थानमा अन्तिम फोहोर व्यवस्थापनका लागि जाने गरेका छन्, त्यसमा निजीतर्फका गाडीले पनि फोहोर लाँदा व्यवस्थापनमा समस्या उत्पन्न भएकाले शुल्क लिन थालेको हो ।
कामपाको भन्दा धेरै निजीस्तरबाट साना–ठूला गरी दैनिक ५० देखि ६० वटासम्म गाडी फोहोर लिएर ओखरपौवास्थित सिसडोलमा जाने गरेका छन् । आठ टनभन्दा कम फोहोर लिएर जाने गाडीका लागि प्रतिटन रु १५० र त्यसभन्दा माथिका लागि रु. २ सय ५० लिने गरेको छ ।
कामपाको भन्दा धेरै निजी गाडीले फोहोर व्यवस्थापनका लागि उक्त स्थानमा लैजाने भएकोले निजी गाडीको चाप कम गर्नका लागि शुल्क निर्धारण गरेको कामपाको भनाइ छ । रासस