उपक्षेत्रीय अस्पताल डडेल्धुरामा जटिल किसिमका शल्यक्रिया सुरु भएसँगै बिरामीलाई रगत आपूर्तिमा कमी आएको छ ।
नयाँ वर्षको आरम्भसँगै अस्पतालमा एमडिजिपी डाक्टरले सेवा दिन सुरु गरी विभिन्न किसिमका शल्यक्रिया हुन थालेपछि अहिले अस्पताललाई रगतको अभाव हुन थालेकोे अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिहंले बताए ।
डडेल्धुरामा एक मात्र रक्तसञ्चय गरिरहेको नेपाल रेडक्रसको ब्लडबैंकले व्यवस्थित गरी रगत सङ्कलन गर्नुपर्ने उपक्षेत्रीय अस्पतालले जनाएको छ ।
अस्पतालको आन्तरिक तथा भौतिक व्यवस्थापनमा सुधार आएपश्चात् जटिल समस्या भएका बिरामीको समेत अस्पतालमा चाप बढेकाले रगत अभाव पनि सुरु भएको छ ।
एमडिजिपी डाक्टरले सेवा दिन थालेपछि अहिले प्रायः जटिल शल्यक्रियासमेत भइरहेको हँुदा रगत आपूर्तिमा कमी आउन थालेको छ । केही दिनअगाडि मात्रै अस्पतालमा हाजिर भएका एमडिजिपी डाक्टर जितेन्द्र कँडेलले आफू आइसकेपछि शल्यक्रियाकै लागि मात्र कुनै पनि बिरामीले जिल्लाबाहिरका अन्य अस्पतालमा धाउनु नपर्ने बताए ।
रगत भने सहजरुपमा आपूर्ति गर्नुपर्ने शल्यक्रिया चिकित्सक डा कँडेलले बताउनुभयो । उपक्षेत्रीय अस्पताल विकास समितिको पहलमा एमडिजिपीसहित १९ जना विशेषज्ञ डाक्टरले निरन्तर सेवा दिइरहेका अस्पताल विकास समितिका अध्यक्ष सिंहले जानकारी गराए ।
अध्यक्ष सिंहले अस्पताल र रेडक्रससँग सहकार्य निरन्तर भइरहेकाले रगतको आपूर्तिमा देखिएको कठिनाइ छिट्टै हट्नेमा विश्वस्त रहेको बताए ।
खासगरी जिल्ला प्रहरी कार्यालय र सेनाको ब्यारेकका कर्मचारीले रगतमा सहजता पु¥याउँदै आएका भएपनि कतिबेला रगतको समूह नमिलेर कठिनाइ हुने तथा भन्नेबित्तिकै रगत दिने मानिस पनि नपाउँने हँुदा ब्लडबैंकले नियमित कार्य गर्नुुपर्ने अध्यक्ष सिहंको भनाइ छ ।