पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक हप्ताभित्र फार्मेसी सञ्चालनमा आउने भएको छ ।
ठेकेदारको होडबाजीले गत साउन महिनादेखि अस्पतालको हातामा फार्मेसी नहुँदा बिरामी मर्कामा परेका थिए । फार्मेसी नहुँदा बिरामीका आफन्त अस्पताल बाहिरका मेडिकलबाट चर्को मूल्यमा औषधि किन्न बाध्य हुनु परेको थियो ।
पानी पर्दा र रातको समयमा अस्पतालबाहिर औषधि किन्न जाँदा उनीहरुलाई निकै कठिनाइ पर्ने गरेको थियो ।
अस्पतालको आफ्नै स्रोतबाट फार्मेसी सञ्चालन गरेपछि उपभोक्ताले औषधि खरिदमा १० देखि ५० प्रतिशत कमिसन पाउने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीकृष्ण श्रेष्ठले बताए ।
पश्चिमाञ्चलकै सबैभन्दा ठूलो सरकारी सो अस्पतालमा दैनिक ६०० जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको बताइएको छ । रासस