newskoseli.Com

वयस्क उमेरमा गरिने चुम्बनकाे असर

सकारात्मक असरहरु

अनुसन्धानहरुले चुम्बनका बिभिन्न फाइदाहरु भएको पत्ता लगाएका छन, ती मध्य केही तथ्यहरु निम्न बमोजिम छन् ।

१. दिनदिनै बिहान अफिस जाँदा चुम्बन गर्ने जोडी सरदार ५ बर्ष बढी बाँच्छन ।

२. प्रत्येक एक मिनेटको चुम्बनले २-३ क्यालोरी खर्च हुन्छ र पाचन शाक्ति पनि दुइ गुणाले बढोत्तरी हुन्छ । तौल घटाउनको लागि दिनको   तीन चुम्बन (कम्तिमा २० सेकेन्ड लामो) गर्दा झन्डै आधा किलो वजन घट्न सक्ने बताइन्छ ।

३. चुम्बनले मानिसमा स्वाभिमान बढाउछ र मस्तिष्क चुस्त राख्न मद्दत गर्दछ।

४. चुम्बनले तनाब कम गर्न सहयोग गर्छ । आत्मीय चुम्बनले नकारात्मक सोचाई कम गर्ने, सुखी जिबनको अनुभूति दिने, र तनाब हर्मोनलाइ घटाउने काम गर्छ ।

५. चुम्बन गर्दा मुहारका ३० वटा मांसपेशीहरु ले काम गर्छन । यसले मुहारका मांशपेशीहरुको व्यायाम भई बुढेशकालसम्म यिनीहरुको कडापन रहिरहन्छ र चाउरी कम गर्न सहयोग पुग्छ । छाला मुलायम र रक्तसंचारमा पनि यसले सहयोग गर्छ ।

६. चुम्बन मुटुको लागि पनि सहयोगी हुने पत्ता लागेको छ । चुम्बन गर्दा यसले सरिरमा एड्रनालिन भन्ने रसायन उत्पादन गरेर मुटुलाई बढी रगत संचार गर्न सहोयोग गर्छ । बेला बेलामा गरिने चुम्बनले मुटु सम्बन्धि रोगहरुलाई कम गर्न पनि सहयोग गर्नुका साथै ब्लड प्रेसर कम गर्ने र कोलेस्टोर पनि कम गर्न सक्छ ।

७. बेला बेलामा गरिने चुम्बन गरि राख्ने मानिसमा पेट, पिसाब थैली र रगतको इन्फेक्सन कम हुन्छ ।

८. चुम्बन गर्दा थुकमा निस्कने प्राकृतिक अन्तिबायोटिक ले किटाणु हरुसँग लड्न सहयोग गर्दर्छ । चुम्बन गर्दा थुकसँग निस्कने  प्राकृतिक एनेस्थेटिकले दुखाइ पनि कम गर्छ ।

९. चुम्बनले मानिसलाई शान्त हुन सहयोग गर्दछ ।यसले अक्सिटोसिन नामको रसायन उत्पादन गरेर आत्तिएको मानिसलाई शान्त पार्न सहयोग गर्छ ।

१०. चुम्बन गर्दा निस्कने अतिरिक्त थुकले मुखमा हुने किटाणुहरुलाई पखालेर दात स्वस्थ हुन सहयोग गर्छ ।

नकारात्मक असरहरु

चुम्बनका धेरै राम्रा कुराहरु हुदाँ हुँदै पनि यसका नराम्रा असरहरु पनि छन् ।

हाम्रो जस्तो अनुदार समाजमा सार्बजनिक स्थानमा चुम्बन गर्नु अनैतिक र गैरकानुनी  पनि मानिन्छ । सामाजिक चुम्बन पनि नेपाली समाजमा नौलो नै छ र यसलाई पनि नेपाली समाजले सहज रुपमा लिन सकेको छैन ।

चुम्बन (टङग् किस) गर्दा थुक साटासाट हुने हुनाले रोगका किटाणुहरु पनि थुक सँगै एक अर्कामा सर्ने सम्भाबना रहन्छ । तर शेरिलका अनुसार यो कुरा शोह्रै आना सत्य भने छैन । उनका अनुसार दुइ मानिस बीच रगतको आदान प्रदान नभए सम्म किटाणु सर्ने सम्भाबना न्यून हुन्छ | मुखमा घाउ भएर रगत बगिरेको अवस्था बाहेक अन्य अबस्थामा किस गर्दा रोगका किटाणुहरु सर्ने सम्भावना न्यून हुन्छ । यसै कारण एड्स लागेको मानिसलाइ चुम्बन गर्दा एड्स नसर्ने भएको हो ।

रुघा, खोकी जस्ता रोग त हात मिलाउदा वा कुनै पनि शारीरिक संसर्ग नहुँदा पनि सर्ने हुनाले चुम्बन गर्दा पनि सर्न सक्छ । तर अन्य धेरैजसो रोगहरु जुन यौन सम्पर्क वा रगतको माध्यमबाट सर्ने रोग चुम्बन गर्दा मात्रै सर्दैन ।

 

 

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर