
अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य), सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ‘ग्रीनकार्ड’ नदिन सक्ने नियम सार्वजनिक गरेको छ ।
शनिबार प्रस्ताव गरिएको सो नियमअनुसार फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ‘ग्रीनकार्ड’ वा भिसा नदिन सक्ने जनाएको छ । करिव २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो ।
नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवास सुवधा लिनेहरुलाई समेत ‘ग्रीनकार्ड’ लिनबाट वञ्चित गराउन सक्ने भन्ने छ । अमेरिकी सरकाका लागि यस्ता मानिस ‘भार’ भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टिन नेल्सनले यो नयाँ नियममा हस्ताक्षर गरेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।