
जसरी २०२६ सालतिर बीपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए र, चालीसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड–बाबुरामले भारतमा आश्रय लिए’ ठ्याक्कै त्यसैगरी अहिले नेकपा (विप्लव) ले ले पनि बंगलादेशको कुनै समूहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो त ?
यसबारे तथ्य छिट्टै सार्वजनिक होला तर प्राप्त दस्तावेज र खर्च विवरणहरुले त्यस्तै देखाउँछ । प्रहरीद्वारा बरामद विभिन्न कागजात अनुसार नेकपा (विप्लव) को बंगलदेशतर्फ सैन्यसम्बन्धी विविध सहयोगका लागि सम्पर्क र सहयोग विस्तार भएको भुझिन्छ ।
हवाईमार्ग या फूलबारी नाकामध्ये कतै न कतैबाट चलखेल हुँदै गरेको दावी पुग्ने अभिलेख फेला परेको हो । प्रकाण्डबाट बरामद डायरीमा बंगलादेशको साथीलाई वीरबहादुरमार्फत ८ हजार र ‘प्रविधि’ सम्बन्धी काममा बंगलादेश पठाएको १ लाख भन्ने हिसाब देखिएको छ । ‘प्रविधि’ भनेको पक्कै पनि बम, विष्फोटक पदार्थ हुनुपर्छ । त्यो शीर्षकमा मात्रै ७८ लाख २४ हजार खर्च भएको छ ।
जनमुक्ति सेनातर्फ ४१ लाख ३९ हजार ६० रुपैयाँसहित जम्मा १ करोड १९ लाख ६३ हजार ६० रुपैयाँ सेना र प्रविधिमा खर्च भएको विवरण छ । यो ०७३ चैत ४ देखि ०७५ असार मसान्तसम्मको खर्च हो, जो खड्गबहादुर विश्वकर्माको डायरीमा फेला परेको छ ।
यद्यपि अहिले वार्ताको माध्यमबाट उक्त पार्टीलाई टेस्ट गर्ने, प्रकाण्डलाई ६ वटा जिल्ला घुमाइसकेको हुँदा अब त्यो उपक्रम सांकेतिक नाम भनेको त मिल्दोजुल्दो हुनुपर्ने नि । तर, नयाँ ढंगबाट सैन्य अभ्यासमा लागेको नेकपा (विप्लव) ले आफूसँग रहेका या संकलित हुन सक्ने हतियारलाई पार्टी पंक्तिले मात्र बुझ्ने गरी कोड नाम राखेको पाइएको छ खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।