newskoseli.Com

पार्किन्सन्स् सम्बन्धी जनचेतना अभियान

पार्किन्सन्स् रोगबाट पीडित लेखक एवं पर्यटन पत्रकार बनिता खनालको अगुवाईमा पार्किन्सन्स रोगबारे जनचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । युवा अवस्थामा नै पार्किन्सन्स् रोगबाट पीडित खनालले यो रोग के हो र रोगीलाई परिवारले कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुराको सामाजिक चेतनाका लागी यो कार्यक्रम गरिएको न्युजकोसेलीलाई बताइन् ।

नेपालमा पार्किन्सन्स् रोगी कति छन् भन्ने एकिन तथ्याङ्क नभए पनि विशेष गरि पचास बर्ष उमेर कटेपछि  यो रोग देखिने रोगीको सख्या धेरै हुनसक्ने वक्ताहरुले बताएका थिए । हालसम्म पनि गाँउघरमा शरीर काँप्ने रोगलाई बोक्सी लागेको भन्दै धाँमीझाँक्रीकहाँ  लैजाने र अस्पतालसम्म रोगी नपुग्ने भएका कारण पनि यो रोगबट पीडित रोगीहरुको तथ्यांक आउन नसकेको बताइन्छ ।

विश्वभर नै अप्रिल ११ लाई पार्किन्सन्स् डे तथा यो महिनाभर पार्किन्सन्स् रोग जनचेतना महिनाको रुपमा मनाइँदै आइएकोछ । तर, नेपालमा  सरकारी तथा निजी स्तरबाट यस्ता कार्यक्रम नगरिएकाले नेपालीहरुलाई यो रोग र रोगीका बारेमा खासै जानकारी छैन ।

नेपालमा न्योुरोलोजीको इतिहास धेरै छोटो छ र न्योुरोलोजिस्ट पनि निकै कम संख्यामा छन् । न्युरोलोजिस्ट बाबुराम पोखरेलले भने– सामाजीक चेतनाका लागि समय–समयमा यस्ता कार्यक्रमहरु गर्नु अति आवश्यक छ ।

पार्किन्सन्स् रोग डिजेनेरेटिभ रोग  हाे । नेपालीहरुमा यो रोगका बारेमा चेतना एकदमै कम छ त्यसैले जनचेतनाका लागि समय–समयमा यस्ता कार्यक्रमहरु गर्नु अति आवस्क छ ।

डाक्टर आस्था पाठकको सहयोग तथा पत्रकार बनिता खनालको संयोजकत्वमा नेपाल पर्यटन बाेर्डको हलमा अप्रिल ९ तारिखमा यो कार्यक्रम सम्मपन्न भएको हाे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर