
भीमदत्त नगरपालिका, सुकासालमा बसोबास गर्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाइँकी श्रीमती द्रौपदी दमाइँलाई भगाएका छन् ।
मोर्याले द्रौपदीलाई ‘मायाजाल’ मा पारेर ‘बेच्नका लागि लगेको’ बारे शंका भए पनि स्पष्ट नभएको परिवाले बताएका छन् । पन्नालालको स्थायी घर भारतको पिलिभित हो ।
बहीनी ज्वाइँले नै आफ्नै श्रीमती भगाइदिँदा आफू एकदमै हैरान भएको जेठान हरिस दमाइँ बताउँछन् । हरिसकी आमा, दिदीसहितले उनीहरुको खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।