
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले धेरैका लागि पैसा कमाउने माध्यम बनेकी छन् ।
खासगरी युट्युब च्यानलहरूले निर्मलाका नाममा अन्धाधुन्द रुपमा व्यापार गर्दा निर्मलाको परिवार थप मर्माहत बन्न पुगेको छ ।
घटनालाई तोडमोड गरेर, हावादारी, उटपट्याङ र ‘मसालेदार’ काल्पनिक नक्कली भिडियोहरू बनाउँदै दिनहुँ युट्युब च्यानलमा राखेर थुप्रै च्यानलहरूले पैसाकै लागि मानवीय संवेदनाको निर्लज्जतापूर्ण व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक मात्रै भएर बसिरहेको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।