
निर्माण कम्पनीहरुले देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्रै समेत गुणस्तरहीन काम गर्ने गरेका छन् ।
संसद सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता खोढेर काम गरे, कागजपत्र प्लास्टिकले ढाकेर जोगाए । ब्राइट कन्ट्रक्सन र ज्ञानज्योति निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २ को पाँचौं तला निर्माण गरेका हुन् ।
९ वैशाख, ०७४ मा ३ करोड ७८ हजारको संयुक्त ठेक्का लिएर थालिएको निर्माण कार्य चैतमा सकिएको थियो । तर, असार सुरु हुनासाथ भवन चुहिएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।