
पशुपतिनाथलाई पछिल्लो ७ वर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ ।
पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो ।
पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले दिएको खबर शुक्रबारको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।