
यातायात कार्यालयले सञ्चालन गर्ने लाइसेन्स ट्रायल स्पट (ट्रायल लिने ठाउँ) का विभिन्न कुनामा सीसीटीभी राखिएका छन् ।
ट्रायलका क्रममा कर्मचारीले बदमासी गरेर फेल भएकालाई पास गराउन नसकून् भन्ने उद्देश्यले सीसीटीभी जडान गरिएको हो । तर, पछिल्लो समय सीसीटीभी निगरानीकै बाबजुद कर्मचारीले घुस खाएर ट्रायलमा फेल भएकालाई ‘पास’ उल्लेख गरी लाइसेन्स जारी गरेको भेटिएको छ ।
‘उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ट्रायलमा उपस्थित नै नभएका र फेल भएकालाई समेत लाइसेन्स जारी गरेको भेटियो,’ अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने– ‘प्रक्रियामा संलग्न कर्मचारीमाथि पदको दुरुपयोग गरी गलत काम गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाइएको हो ।’
सवारी चालक अनुमति पत्र वितरणमा अनयिमितताको यो खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।