
कात्तिक १२ मा नेपाल र मलेशियाबीच दुईपक्षीय श्रम–समझदारीमा हस्ताक्षर हुने भएको छ ।
श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार समझादारीमा हस्ताक्षर गर्न मलेशियाका मानव संशाधनमन्त्री कुला सेघरान नेपाल आउनेछन् । यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए ।
नेपालले जेठ २ देखि मलेशिया रोजगारीमा रोक लगाएको छ । श्रम–समझदारी लगत्तै केही प्राविधिक विषय टुंगिएपछि नेपाली युवाहरूका लागि मलेशियाको रोजगारी फुकुवा गरिने मन्त्रालयले जनाएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।