
दसैंमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएका छन् ।
काठमाडौंबाट सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् । मनपरी भाडा उठाउँदा प्रहरी प्रशासन मुकदर्शक बनेको यात्रुहरुको आरोप छ ।
सिन्धुली आउने यात्रुसँग व्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् । अरु बेला यो रुटमा चल्ने सवारी साधनको भाडादर ६ सय रुपैयाँ रहेको छ । यहाँका व्यवसायीले अग्रिम टिकट बुकिङ समेत नगरेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।