
महोत्तरीको औरही नगरपालिका– ७ स्थित सोनामाई मन्दिरमा ‘भूतमेला’ सुरु भएको छ ।
चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने ‘भूतमेला’ मा हजारौं दर्शनार्थीको भीड लाग्ने गर्छ ।
‘भूत, बोक्साबोक्सी र दुष्ट आत्मा’ द्वारा सताइएका पीडितहरू प्रत्येक वर्ष मेलामा आउने गर्छन् भने ‘सोनामाईको कृपा’ ले निको भएर जाने जनविश्वास छ ।
वर्षौंदेखि ‘भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सी’ को कुचक्रमा परेर जीवन–मृत्युको दोसाँधमा रहेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने वित्तिकै कसबाट सताइएको भन्नेबारे आफैं भन्न थाल्ने खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।