
सर्वोच्च अदालतले दिएको अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिनू भन्ने आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् ।
सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको छ । १४ असार, २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही वर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो ।
तर, अधिकांश अस्पतालले सर्वोच्चको आदेश नटेरेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।