
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा बिरामी र उनीहरुका कुरुवाहरुलाई उडुसले हैरान पर्ने गरेको छ ।
सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्– ‘उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी मर्ने भए ।’ हैरान भएका कुरुवाहरुले अस्पतालका नर्सहरुलाई समस्या सुनाएका थिए । ‘सिस्टरहरु हामी आफैं पीडित छौं पो भन्छन् ।’
उनले भनिन्– ‘मारेर पनि साध्य छैन ।’ अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन तर उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाहरुको रहेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।