
कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोर–दोहोर गर्नुपर्छ ।
अहिले हिउँदमा नदीमा पानी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् । ती पुलबाट वार–पार गर्दा भने पैसा (शुल्क) तिर्नुपर्ने बाध्यता छ । पुलमा ओहोर–दोहोर गरेवापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ तोकिएको छ ।
वर्षामा डुंगामा र हिउँदमा नदीमा पानी कम भएपछि पुल बनाएर सेवा दिइरहेको कन्द्रा नदीको भजनी–कर्मदेव घाटको ठेक्का लिएका भीम विश्वकर्माले बताए । उनले भने– ‘नदीमा पानी कम भएपछि आफ्नै लगानीमा पुल बनाएँ । नगरपालिकाको ठेक्का लिएबापतको रकम तिर्न पैसा त लिनैपर्यो नि ।’
पुल तर्दा पैसा तिर्नुपर्ने यो खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।