
यस पटकको तिहारमा विद्युतको उपभोग भरपूर मत्रामा गर्न पाइने भएको छ ।
पर्याप्त विद्युत् रहेकाले उपयोग बढाउन नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ । तीन वर्ष अघिसम्म १८ घन्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यस पटक भने पर्याप्त विद्युत् उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको हो ।
यस वर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत् तयारी अवस्थामा राखिएको खबर बुधबारको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।