
परिवारको आशा थियो– छोराले पैसा पठउला, ऋण तिर्ला र बुढा आमा–बाको ओखतीमुलो गर्ला । नानीहरुका लागि नाना–चाचको बाकस बोकेर फर्कला ।
तर, कमाउने छोरै बाकसभित्र फर्केपछि मंगलीमाया र सार्कीबहादुर मगरको परिवारमा सन्नाटा छाएको छ । त्रियुगाा– ५, श्रीपुरका २६ वर्षे रतन मगर मलेसिया पुगेका थिए । दसैंका दिन उनको परिवार छोराको फोन पर्खेर बसेको थियो ।
चाडको दिन सुख–दुःखको कुरा गरुँला भन्ने आशामा बसेकी २३ वर्षीया पत्नी मीनाको फोन त बज्यो तर त्यो फोनको मात्रै घन्टी थिएन, मगर परिवारको दुःखको साइरन थियो ।
टीका थाप्दै गरेका बेला, रतनको मलेसियामै मृत्यु भएको खबर सामना गर्न उनीहरु विवश भएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ । (संलग्न तस्बिर– फाइलबाट)