कपालमा लामो समयसम्म तेल लगाउँदा कपाल कडा हुने, रङ उड्ने, कमजोर हुनेलगायतका समस्या हुन्छन् । यसका लागि समाज आयल आवश्यक छ, कपालको स्वास्थ्यमा यसले निकै ठूलो प्रभाव पार्छ ।
त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले एउटा भाँडामा नरिवलको तेल राख्नुपर्छ र उक्त तेललाई हल्का तताउनुपर्छ ।
हातको सहायताले उक्त मनतातो तेलले कपालमा मसाज गर्नुपर्छ । सर्कुलर मोसनमा यसरी कपालका जरा–जरासम्म मसाज गर्नुपर्छ ।
करिव तीन मिनेटसम्म मसाज गर्नु आवश्यक हुन्छ । यस्तो गतिविधिले टाउकामा ब्लड सर्कुलेसन समेत बढाउँछ र निकै छिटो कपाल बढ्छ । कपाल स्वास्थ्यसम्बन्धी यो सामग्री आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।