newskoseli.Com

लण्डनमा समातिए हीरा व्यापारी मोदी

पञ्जाव नेसनल बैंकको दुई अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हीरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् ।

मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ ।

उनलाई अब ९ दिन हिरासतमा राखिनेछ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लण्डन जाने खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर