newskoseli.Com

नेकपा (विप्लव) विरूद्ध ‘कन्ट्रोल डेलिभरी’ र ‘अन्डर कभर अपरेसन’, पक्राउ तीव्र

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई सरकारले ‘रोक’ लगाएपछि प्रहरीले आक्रमक ‘अपरेसन’ सुरु गरेको छ ।

नेकपा (विप्लवले) ले पहाडी जिल्लाकेन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मतहतका निकायलाई निर्देशन दिएको छ । प्रहरीले आवश्यकता अनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलिभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर ‘अपरेसन’ सुरु गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले मंगलबार राति काभ्रेमा ‘कारबाही’ गर्दा पनि सोही पद्धति अपनाएको थियो । ललितपुरको नख्खुमा भएको बम विस्फोटन र बसुन्धरामा भएको बम विस्फोटमा संलग्नहरुको खोजी गर्दै जाँदा प्रहरीले सर्च अभियानभन्दा पनि अन्डर कभर अपरेसनलाई प्राथमिकता दिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर