newskoseli.Com

एसईई परीक्षा दिँदै सांसद चौधरी, भन्छिन्– ‘पीएचडी गरिछाड्छु’

प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी दुई साताअघि ‘बिदा माग फारम’ बोकेर संसद् सचिवालयमा पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट संसदको सचेतक छिन् । २० चैतसम्म आफ्नो जिम्मेवारी सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् ।

सांसद चौधरी दुई सातादेखि दाङस्थित निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिई परीक्षामै एकाग्र भएकी छन् । उनी अहिले मुलुकको कानुन बनाउनेभन्दा त्यही कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार प्रयोग गरिरहेकी छन् । कारण हो– एसईई परीक्षाको तयारी ।

पाँच दिनपछि एसईई परीक्षा सुरु हुँदैछ । यस वर्ष उनी एसईईको परीक्षामा सामेल हुँदैछिन् । त्यसका लागि उनले संसदबाट बिदाको बन्दोबस्त मिलाएकी हुन् । परीक्षाको तयारीमा व्यस्त रहेकी उनी फोन उठाउन समेत भ्याउँदिनन् ।

अरु नियमित विद्यार्थीले जस्तो राजनीतिकर्मीलाई तालिकाअनुसार पढ्न सजिलो हुँदैन । तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने कोसिस गर्छिन् उनी । ‘समय व्यवस्थापन गर्ने आफूले हो, समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’ सांसद चौधरीले भनिन्– ‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ यसका बाबजुद पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु ।’

सांसद चौधरीको सपना पीएचडी गर्ने रहेको छ । यो कुरा उनले बेला–बेला साथीभाइलाई पनि सुनाउँदै आएको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर