newskoseli.Com

१०–१० हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री अ‍ोली र ऊर्जामन्त्री पुन

प्रधानमन्त्री केपी शर्मा अ‍ोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली– ३ (बी) जलविद्युत् आयोजनाको सेयर किन्ने भएका छन् ।

यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा डिम्याट खाता समेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युत् कार्यक्रम संयोजन समितिका सदस्य सचिव एवं एचआईडीसीएलका सीईओ छविराज पोखरेलले बताए । ऊर्जामन्त्रीले पनि ग्लोबलमै डिम्याट खाता खोलेको जानकारी उनले दिए ।

‘प्रधानमन्त्री र मन्त्री दुवैले बिहीबार बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने तयारी छ’– उनले भने । प्रधानमन्त्रीले १० हजार रुपैयाँ बराबरको एक सय कित्ता सेयरका लागि आवेदन गर्ने जानकारी पाएको समेत उनले बताए । ‘ऊर्जामन्त्रीज्यूले पनि न्यूनतम १० हजार रुपैयाँकै सेयर आवेदन गर्ने तयारी छ’– उनले भनेको खबर पुष्प कोइरालाको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर