newskoseli.Com

आँखामा पनि क्यान्सर : यस्ता हुन्छन् लक्षणहरु…

समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आँखारोग विशेषज्ञहरूले आग्रह गरेका छन् ।

चिकित्सकहरूका अनुसार ५ वर्षमुनिका बालबालिकामा रेटिनोब्लास्टो हुने गर्दछ । यो करिव १५ देखि २० हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्न सक्छ, जुन वंशाणुगत पनि हुन सक्छ । आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु, आँखाको डेढोपना देखिनु आदि यसका लक्ष्णहरू हुन् ।

चिकित्सकहरूका अनुसार आँखारोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गर्दा यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ । उपचार गराउन ढिलो भएमा भने आँखाको डल्लो नै निकाल्नुपर्ने स्थिति आउन सक्ने खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर