नेपालमा बर्डफ्लुबाट एक जनाको मृत्यु भएपछि उनको नजिक गएका १ सय ७२ जनाको नमूना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ ।
सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्डफ्लु संक्रमणबाट १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको ज्यान गएको थियो ।
सोही ल्याबले ती युवकलाई ‘एच फाइभ एन वान’ भाइरस लागेको प्रमाणित गरेको थियो । सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दुरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका १ सय ७२ जनाको नमूना संकलन गरी जापान पठाएका हौं’– महाशाखाका एक अधिकारीले भने ।
महाशाखाका अनुसार एक मिटरको दुरीमा पनि धेरै पटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु नसरेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।