newskoseli.Com

४५ प्रतिशत नेपाली महिलाले गर्छन् ‘अनिच्छित’ गर्भधारण

२१औं शताब्दीमा समेत ‘परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण’ नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य छन् ।

गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य रहेको देखाएको छ ।

सन् १९१७ मा गरिएको अध्ययन प्रतिवेदनले हरेक वर्ष नेपालमा १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै तीमध्ये ५ लाख ३९ हजार ‘अनिच्छित गर्भ’ हुने गरेको पोखरामा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।

‘अनिच्छित’ गर्भमध्ये करिब एक चौथाईको ‘अनियोजित जन्म’ हुने र दुई तिहाईको गर्भपतन हुने तथा बाँकी गर्भ आफैं खेर जाने गरेको कृपाका सहनिर्देशक डा. महेश पुरीले बताए । उनका अनुसार गर्भधारण गर्न नचाहेका १५ देखि ४९ वर्षसम्म उमेरसमूहका महिलामध्ये ४४ प्रतिशतले परिवार नियोजनका आधुनिक साधनको चाहना हुँदाहुँदै पनि सहज पहुँच नहुँदा कि त साधन अपनाउने गरेका छैनन् नत्र परिवार नियोजनको परम्परागत विधि अपनाउने गरेका छन् ।

नेपालका सात वटै प्रदेशमा परिवार नियोजनका साधन मागअनुसार पर्याप्त हुन नसकेको उल्लेख गर्दै गण्डकी प्रदेशमा सबैभन्दा बढी ५२ र प्रदेश– २ मा सबैभन्दा कम ३८ प्रतिशत माग रहेको अध्ययनका क्रममा भेटिएको जनाइएको छ ।

गर्भावस्थामा र सुत्केरी अवस्थामा आउन सक्ने स्वास्थ्य समस्याबाट बच्न र त्यसको व्यवस्थापन गर्न आवश्यक पर्ने सेवा समेत नेपालका अधिकांश गर्भवती महिलाले प्राप्त गर्न नसकेको डा. पुरीको भनाइ छ ।

तथ्याङ्कअनुसार ६४ प्रतिशत गर्भवती महिलाले कम्तिमा चार पटक गर्भ जाँच गरेको र ६१ प्रतिशतले तालिम प्राप्त स्वास्थ्यकर्र्मीको सहयोगबाट बच्चा जन्माएको पाइएको छ । पुरीका अनुसार गर्भ वा सुत्केरी अवस्थामा हुने स्वास्थ्य जटिलता भएका महिलाहरुमध्ये २७ प्रतिशतले मात्र आमा र नवजात शिशुलाई आवश्यक पर्ने सेवा पाउने गरेका छन् ।

सन् २०१६ को अनुमानित मातृमृत्युदर प्रत्येक १ लाख जीवित जन्ममा २ सय ३९ मातृमृत्यु दर रहेको छ । यो तथ्यांक दक्षिण एशिया क्षेत्रको औसतभन्दा बढी हो । वार्षिक १ हजार ६ सयको सङ्ख्यामा हुन आउँदछ । नेपालमा महिलाको मागअनुसारका परिवार नियोजनका आधुनिक साधनको आवश्यकता करिब वार्षिक १ करोड ७० लाख अमेरिकी डलरबाट बढेर ३ करोड डलर पुगेको समेत तथ्याङ्कमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर