newskoseli.Com

कारबाहीमा परे ९४ औषधि पसल

देशभरका ९४ वटा औषधि पसललाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरिएको विभागले जनाएको छ ।

कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइएको छ भने १६ वटालाई बन्द गराइएको छ । १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ । यस्तै, ३ वटा औषधि पसलविरुद्ध मुद्दा दायर भएको छ ।

दर्ता नभएको, प्रतिबन्धित औषधि बिक्री–वितरण भएको, अनुमतिपत्र नलिई व्यवसाय गरिरहेको, एलोप्याथिक पसलमा आयुर्वेदिक औषधि बिक्री–वितरण हुने गरेको र नवीकरण नभएको लगायतका अवस्थामा औषधि पसल सञ्चालन गरेको भन्दै कारबाही गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार औषधि पसल आफ्नो नाममा दर्ता गर्ने र पसल सञ्चालनका लागि अर्कै व्यक्तिलाई दिने गरेको भेटिएपछि पनि केही पसललाई कारबाही गरिएको जनाएको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर