newskoseli.Com

झगडा गर्नु पनि ‘फाइदाजनक’ !

घरमा बालबालिका एकापसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने र छुट्याउने गर्नुहुन्छ । तर, बालबालिकाका स–साना झगडा उनीहरूकै लागि ‘फाइदाजनक’ हुने चिकित्सकहरु बताउँछन् ।

बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बताए । बालबालिकाको सानोतिनो झगडाले रचनात्मक हुन मद्दत गर्ने जानकारी उनले दिए ।

डा. शाक्य भन्छन्– ‘एक बच्चाले जे सामान लियो अर्कोलाई पनि त्यही चाहिन्छ र त्यसैमा झगडा हुन्छ, रुन्छ । तर, त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ । दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेको हुन्छ भने विभिन्न रचनात्मक काम पनि गरिरहेको हुन्छ ।’

बालशिक्षा विशेषज्ञ कुमुद भट्ट भन्छिन्– ‘बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैंमा नराम्रो हो तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ ।’ सामान्यतः हानिकारक ठानिने झगडा समेत लाभदायक हुने यो खबर यलु जोशीको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर