newskoseli.Com

वर्ल्डलिंकले सुरु गर्‍यो ‘अब हरेक टिभीमा युट्युब’ सेवा

हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा युट्युब हेर्दै आइरहेका छौं र यो विना शायद कसैको दैनिकी चल्दैन । पूर्ण अनुभव प्राप्ति र सजिलोका लागि हामी सबैलाई युट्युब हामीसँग भएको कुनै पनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ । ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै नेपालको सबैभन्दा ठूलो इन्टरनेट–नेटवर्क सेवा प्रदायक कम्पनी लर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘अब हरेक टिभीमा युट्युब’ नामक एउटा नयाँ ‘प्रोडक्ट अफर’ स्वरुप ल्याएको छ ।

यस सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटिभी प्रयोगकर्ताहरुले अब आफ्नो टिभीमार्फत नै साथीभाइ वा सपरिवारसँग युट्युबको भरपुर फाइदा प्राप्त गर्न सक्नेछन् । यो सुविधा स्र्माट टिभीमा मात्र नभई ‘नन्–स्मार्ट’ वा ‘सीआरटी’ टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकहरुका लागि ८० भन्दा बढी एचडी च्यानलहरुसँगै उत्कृष्ठ तहको टिभीमा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्ट मात्र नभई आफूलाई मन पर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झटविना नै युट्युबमार्फत हेर्न सक्दछन् । यो सुविधा प्रयोगकर्ताहरुले युट्युबु स्क्रिनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेसन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्न एकदमै सजिलो हुनेछ ।

यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ। पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखा भ्रमण गरी साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर