
माछा मार्ने क्रममा ज्याग्दी खोलामा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ ।
चापाकोट नगरपालिका– ५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थापा र आलेसँगै बमबहादुर आले पनि माछा मार्न गएका थिए । बमबहादुरका अनुसार मृतक नीरबहादुर राममन्दिर माविका शिक्षक भएको खबर राससले प्रेषित गरेको छ ।