newskoseli.Com

राजधानी काठमाडौं नै जोखिममा : ज्वरो आएका आधामा डेंगु, ११ स्वास्थ्यकर्मीमै संक्रमण !

वैशाखमा पहिलो पटक सुनसरीको धरानमा देखिएको डेंगु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेंगुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेंगुको संक्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।

पछिल्लो समयसम्म डेंगुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्न थालेका छन् भने चिकित्सक तथा नर्सहरूमा समेत डेंगु सङ्क्रमण देखिन थालेको छ । डेंगुको उच्च जोखिम बढेपछि नियन्त्रणका लागि सरोकारवाला निकाय क्रियाशील भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवाला सबै पक्ष आपसमा मिलेर डेंगुविरुद्ध अभियान चलाउन आह्वान गरेको छ ।

नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै क्रियाशील २ चिकित्सक, ३ नर्स, ३ कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेंगुको सङ्क्रमण भएको छ । काठमाडौंमा डेंगु उच्च जोखिमका रूपमा देखा परिसकेको जानकारी दिँदै सतर्कता अपनाउनुपर्ने अवस्था आएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

दुई जना डाक्टरसहित नर्स, पारामेडिक्स र कार्यालय सहयोगीसम्मलाई डेंगुको संक्रमण भइरहेको जानकारी दिँदै उनले भने– ‘तीमध्ये एक जना डाक्टर काममा फर्कन थालिसक्नुभयो, अर्का एक जना भने उपचारपछि घरमै आराम गरेर बस्नुभएको छ ।’ नर्स, पारामेडिक्सलगायतको टेकु अस्पतालमै उपचार भइरहेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर