newskoseli.Com

राजधानीमा बढ्दो चिसोको सकस : दिनहुँ १ हजार अस्पताल पुग्दै

बढ्दो चिसोले उत्पन्न स्वास्थ्य समस्याका कारण राजधानीका मुख्य अस्पताल बिरामीले भरिएका छन् । राजधानीका पाँच मुख्य अस्पतालमा मात्रै दैनिक सात सयको हाराहारीमा चिसोले प्रभावित बिरामी पुग्ने गरेका छन् ।

अस्पतालका आईसीयू तथा मेडिकल वार्ड चिसोका बिरामीले भरिएको चिकित्सकले जनाएका छन् । ‘अरु बेला ओपीडीबाटै औषधि दिएर पठाउने स्थितिका बिरामी आउँथे, अहिले भने धेरैलाई भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्था छ’– वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. ध्रुव गैरेले भने ।

‘अस्पतालको आकस्मिक कक्ष दम र आस्थामाका बिरामीले भरिभराउ छ’– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका छातीरोग विशेषज्ञ डा. निरज बमले भने । शिक्षण अस्पताल र सिभिल अस्पतालको मेडिसिन विभागमा दैनिक उपचारमा पुगेकामध्ये ७० प्रतिशत चिसोका बिरामी छन् ।

शिक्षणको मेडिसिन विभागमा दैनिक दुई सय बिरामी उपचारका लागि पुग्छन् भने सिभिलमा औसत दैनिक चार सय जना पुग्ने गरेका छन् । दैनिक दुई सय जना पुग्ने वीर अस्पतालको मेडिसिन विभागमा ४० प्रतिशत बिरामी चिसोबाट प्रभावित हुने गरेका छन् ।

हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चाबहिलमा पुग्ने औसत दैनिक चार सय बिरामीमध्ये ५० प्रतिशत चिसोबाट प्रभावित हुने गरेको त्यहाँ कार्यरत चिकित्सकले जनाएको खबर पवित्रा सुनारको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर