newskoseli.Com

कोरोना भाइरसबाट जोगिन अपनाऔं यी उपायहरु…

अहिले विश्वमा महामारीको रुप लिँदै गएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट जोगिन यस प्रकारका उपाय र सावधानी अपनाउन सम्बद्ध निकायहरुले सूचित गरेका छन् । काेही–कसैले सूचित नगर्दा वा नभन्दा पनि यी सचेतता अपनाउनु यतिबेला अनिवार्य छ ।

१. घरबाट बाहिर जाँदा, सार्वजनिक यातायात प्रयोग गर्दा, भीडभाडमा जाँदा वा मानिसहरुको समूह भएको कार्यस्थलमा जाँदा पन्जा तथा मास्क अनिवार्य लगाऔं ।

२. एक पटक प्रयोग गरिसकेको मास्क वा पन्जा दोहर्‍याएर पुनः प्रयोग नगरौं वा दैनिक सफा गरेर मात्र प्रयोग गरौं ।

३. घरभित्र, भान्छा वा बाथरुममा रहेका पुराना तौलियाहरु हटाई नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै तौलिया प्रयोग गरौं । तौलियाहरु दैनिक सफा गरौं ।

४. घरको झ्याल–ढोका खोल्दा वा बन्द गर्दा पन्जाको प्रयोग गरौं । झ्याल–ढोका खोलिसकेपछि वा बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन–पानीले धोऔं ।

५. ल्यापटप, मोबाइल, टेलिफोन, कलम, खेलौना वा नियमित प्रयोग हुने अन्य वस्तु, सामग्रीको प्रयोगपश्चात साबुन–पानीले तत्काल हात धोऔं ।

६. घरका सबै सदस्यले आ(आफ्नै टुथ ब्रस, थाली–प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं ।

७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं । माछा–मासुजन्य वस्तु खानैपर्दा राम्रोसँग पकाएर मात्र खाने गरौं ।

८. रोग नलागेका र घरमा पालिएका जनावरबाहेक सकभर जिउँदा पशु–पछी खरिद नगरौं, नछोऔं, नचलाऔं । जनावरहरु छोएपछि तत्काल साबुन–पानीले राम्ररी हात धोऔं ।

९. घर वा कार्यस्थलका कोठाहरु गर्मी याम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडो याममा भए झ्याल–ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवत–जावत भएमा समय–समयमा झ्याल खोलेर हावाको प्रवाह गराऔं ।

१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु (जस्तै– चक्कु, चपिङ बोर्ड वा अन्य सामग्री) राम्रोसँग धोएर मात्र पुनः प्रयोग गरौं ।

११. खाना पकाउनुअघि वा खाना खानुअघि या शौचालयको प्रयोग वा कुनै फोहर चिज छोएपछि साबुन–पानीले राम्रोसँग हात धोऔं ।

१२. कसैलाइ ज्वरोसहितको रुघा–खोकी लागेको छ भने घर बाहिर नस्किऔं । घरमा नै छुट्टै आइसोलेसन रुममा राखी उपचार आराम र उपचार गराऔं । बिरामीको स्याहारसुसार गर्दा विशेष सतर्कता अपनाऔं ।

१३. दैनिक पर्याप्त (कम्तिमा सरदर ५ लिटरसम्म) पानी पिऔं । सकभर काँचा खाने कुराहरु नखाऔं । शरीर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । रुघा–खोकी, ज्वरोसँगै बान्ता भएमा, पखाला लागेमा र सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा जचाइहालौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर