सत्ताधारी नेकपा विभाजित हुँदा सुरूमा कतै पनि नखुलेर ‘एकताको पक्ष’ मा उभिँदै आएको दावी गरेका पूर्वमाओवादी नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बादल अन्ततः आफ्नो पूर्वसमूहबाट एक्लिएरै भए पनि ओली समूहमा लागेका छन् ।
ओली समूहका अध्यक्ष खड्गप्रसाद ओलीले बिहीबार बालुवाटारमा आह्वान गरेको उक्त समूहको केन्द्रीय समितिको बैठकमा सहभागी भएर बादलले आफ्नो कित्ता प्रस्ट्याएका हुन् । पूर्ववत एकीकृत नेकपाको केन्द्रीय कमिटीमा उनको समूहका भनिएका ३५ सदस्य थिए, तीमध्ये बादलबाहेक सबैले अहिले आफूहरू प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको मूल नेकपामै रहेको जनाएका छन् ।
रोमाञ्चकारी यो सामग्री पनि पढ्नुहोस्–
प्रचण्ड–बादल दोस्रो ‘सम्बन्ध–विच्छेद’ : रुँदैरुँदै चुनबाङ बैठकमा के भनेका थिए बादलले ?
विगतमा बादल समूहमा चिनिने को–को थिए ?
रामबहादुर थापा (बादल)
देव गुरुङ
पम्फा भुसाल
कुलप्रसाद केसी (सोनाम)
तारा घर्ती
पूर्णबहादुर घर्ती (आयाम)
सूर्य सुवेदी (पथिक)
ज्ञानु बस्नेत (सुवेदी)
हितमान शाक्य
अमृता थापामगर
दिलिप कुमार प्रजापति
श्रीराम ढकाल (प्रशान्त)
रामदीप आचार्य
लेखनाथ न्यौपाने
दावा तामाङ
कुमारी मोक्तान
मौसम लिम्बु (इन्द्र आङ्बो)
सावित्री कुमार काफ्ले
इन्द्रजित थारु
मायाप्रसाद शर्मा
नरेश भण्डारी
महेश्वर दाहाल
युवराज भट्टराई
सुरेश आलेमगर
लक्ष्मीदत्त जोशी
नेपबहादुर चौधरी
महादेव यादव
रुपा चौधरी
हरिबहादुर चुमान
सुरेशकुमार राई (हिमाल किराँती)
विजय भण्डारी
शरदसिंह भण्डारी
झकबहादुर मल्ल (सुदीप)
राजेन्द्र कार्की
टेक बलम्पाकी